You are viewing the translated version of विद्या परिषद्‌.

Section 18
विद्या परिषद्‌
(१) स्कूलको प्राज्ञिक निकायको रूपमा काम गर्न प्रत्येक स्कूलमा डीनको संयोजकत्वमा एक विद्या परिषद्‌ रहनेछ।
(२) विद्या परिषद्मा बढीमा एघारजना सदस्यहरू रहनेछन्‌।
(३) विद्या परिषद्को सदस्यको मनोनयन डीनले गर्नेछ।
(४) उपदफा (३) बमोजिमका सदस्यको पदावधि दुई वर्षको हुनेछ र निजको पुनः मनोनयन हुन सक्नेछ।
(५) विद्या परिषद्को बैठक सम्बन्धी कार्यविधि विद्या परिषद्‌ आफैंले निर्धारण गरे बमोजिम हुनेछ।